- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको जिल्ला निर्वाचन अनिश्चित समयका लागि स्थगित भएको छ । एन्फाको कार्यसमिति बैठकले निर्वाचन नियमावली तयार नभएको कारण देखाउँदै जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
एन्फाले यसअघि फागुन १५ देखि ३० गतेभित्र जिल्ला र विभिन्न संघहरुको निर्वाचन हुने गरी कार्यतालिका तयार पारेको थियो । एन्फाको केन्द्रमा नयाँ नेतृत्वका लागि जेठ १५ गते निर्वाचनको मिति तोकेको छ ।
एन्फाको यसअघिको निर्णय अनुसार काठमाडौं जिल्ला फुटबल संघले फागुन १५ गते नै अधिवेशन गर्ने निर्णय गर्दै एन्फालाई पर्यवेक्षक–प्रतिनिधि पठाउन मंगलबार नै पत्र लेखेको थियो ।
एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार निर्वाचन नियमावली नभएका कारण अनिश्चित समयका लागि जिल्ला र विभिन्न संघको निर्वाचन स्थगित गरिएको हो । फुटबलको सर्वोच्च निकाय फिफा, एएफसीबाट स्वीकृति प्रदान भएसँगै निर्वाचनको नयाँ मिति तय गरिने छ ।