arrow

सिमिकोटमा बिहानदेखि हिमपात, हवाई सेवा बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
humla-snows-new.jpg

सिमिकोट । हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटमा आज बिहानदेखि हिमपात भएको छ । यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ । नेपालगन्ज र सुर्खेतबाट  उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका यहाँ स्थित विमानस्थलले जनाएको छ ।  

सदरमुकाम सिमिकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ । 

त्यस्तै  हिमपातका कारण  सदरमुकाम सिमिकोटसम्म आवतजावतमा समस्या रहेको छ । हिमपात हुँदा कृषक औधी रमाएका छन् । कृषक हरिप्रसाद जैसीले भने “यस पटक जौ, गहुँ र उवाको उत्पादन राम्रो हुने भयो ।” 
    
यसैबीच नाम्खा गाउँपालिकाका वडा १ देखि वडा नं ५ सम्मका कृषकहरूलाई निःशुल्क स्याउका बिरुवा वितरण गरिने भएको छ । यसका लागि १२ हजार ५०० बिरुवा जुम्लाबाट यहाँ ल्याइएको छ ।

हवाई मार्गबाट स्याउका बिरुवा ल्याएको कृषि प्राविधिक शर्मिला शाहीले जानकारी दिए । उनले भने  “हुम्लालाई स्याउ जोनका रूपमा विकसित गरिने उद्देश्य रहेको छ । स्याउ उत्पादन मार्फत कृषकको जीवनस्तर सुधार गरिने छ । ” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ