arrow

देउवा र ओलीबीचको वार्ता सकियो, अब पालो ‘एक्सन’ को 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
deuba-oli-team-2078-11-12.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा दुई शीर्ष नेताबीच एमसीसीसहित संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ ।

‘प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसीसीसहितको विषयमा छलफल भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्न परियारले भने । 

दुई शीर्ष नेताबीचको भेटवार्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री गगनकुमार थापा, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए । 

एमसीसीमाथि छलफल गर्नेगरी बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि कांग्रेस र एमालेका शीर्ष नेताबीच भेटवार्ता भएको हो । 

एमसीसी पारित गर्नका लागि सरकारले नैतिक जिम्मेवारी बहन गरिरहेको छ । सत्तागठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गैरजिम्मेवार बन्दै सडक संघर्ष गर्नेतर्फ लागेपछि नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष एमालेसँग सहकार्य गर्न खोजेको हो । 

एमाले पनि एमसीसी पारित गर्न राजी देखिएको छ । संसदमा आफूहरुको माग पूरा भए एमसीसी पारित गर्न सघाउने एमालेले बताइसकेको छ ।  

नयाँ कोर्सका लागि देउवा र ओलीबीच वार्ता भइरहँदा अब ‘एक्सन’ जानुपर्ने बेला आएको समेत बताइन्छ । 

११ वर्षदेखिका सरकार एमसीसीका साक्षी, सबैको आ–आफ्नो भूमिका



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ