arrow

कांग्रेस मकवानपुर : अझै शुरु भएन मतदान

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ फागुन १६ सोमबार
cm-hamrakura.jpg

हेटौँडा । नेपाली कांग्रेस मकवानपुरको अधिवेशन अन्तर्गत आज हुने भनिएको मतदान अझै शुरु भएको छैन ।

बिहान ८ बजेदेखि मतदान शुरु हुने तालिका थियो । तर कारणवश  मतदान १० बजेदेखि सुरु हुने जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बताएका थिए । १० बजेदेखि शुरु हुने निर्वाचन पनि अझै सुरु हुन सकेको छैन ।

आइतबारदेखि सुरु भएको कांग्रेस मकवानपुरको अधिवेशन हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ डल्फिन चौरमा हुँदै छ ।

आज सोमबार हुने चुनावमा एक सभापति पदका लागि ३ जना, २ जना उपसभापति पदका लागि ७ जना, २ जना सचिव पदका लागि ६ जना र २ जना सहसचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ ।

सभापति पदमा हालका सचिव बुद्ध लामा, हेटौँडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुली र जयराम लामिछानेले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिनेमा लामा र पराजुली संस्थापन पक्ष निकट हुन् भने लामिछाने संस्थापन इतर पक्षका हुन् ।

आज हुने मतदानमा मकवानपुरका १०२ वटा वडा सभापति, क्षेत्रीय सभापति एवम् प्रतिनिधि र बुथ प्रतिनिधि गरी करिब १ हजार ९ सय जना मतदाता सहभागी हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ