- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नवलपरासी पश्चिम । नवलपरासीको पश्चिमी गण्डक नहरमा सोमबार भेटिएका दुई जनाको बेवारिसे शवमध्ये एक जनाको पहिचान खुलेको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ७ गुठी सुर्यपुरास्थित नेपाल गण्डक प्राधिकरण जल विद्युत केन्द्र पावर हाउस नजिकै गण्डक नहरमा मृत भेटिएका दुई जनामध्ये एक जना भारतीय नागरिकको शव भएको खुलेको हो ।
उनी भारत उत्तर प्रदेशको महारागंज जिल्ला श्यामदेउरहवा बस्ने ४० वर्षीय कमलेश गौड रहेको जिल्ला प्रहरी नवलपपरासी पश्चिमका सूचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिए । सोही दिन उनको प्यान्टको प्याकेटमा भेटिएको भारतीय आधारकार्डको अधारमा प्रहरीले सम्बन्धित परिवारलाई भारतीय प्रहरीसँग समन्वय गरी पता लगाएको हो ।
उनका आफन्तको सहयोगमा उनको पहिचान खुलेको शाहीले बताएका छन् । पारिवारिक स्रोतका अनुसार गौड महलबारी मदार मेला हेर्न नेपाल आएका थिए । उनी भारतमै कपडा सिलाइकटाइको काम गर्थे । उनको हत्या गरी नहरमा फालिएको हुन सक्ने आशंका पारिवारले गरेको छ ।