arrow

धनुषा कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान शुरु 

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
275280621_647526766511241_7840469984953905495_n.jpg

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको १४ औं जिल्ला अधिवेशन अन्तर्गत सभापतिको दोस्रो चरणको निर्वाचन शुरु भएको छ । मंगलबार पहिलो चरणको मतगणनाको परिणाम आएसँगै बिहीबार बिहान ८ बजेदेखि दोस्रो चरणको मतदान हुने भनिए पनि नेताहरुले स्थगित गर्दा आज बिहान १०ः१० बजेदेखि दोस्रो चरणको मतदान भइरहेको हो । 

उम्मेदवारहरुको सहमति र सहकार्यको निर्णय अनुसार सभापति पदको दोस्रो चरणको मतदान बिहान शुरु भएको जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिएका छन् । 

सभापतिमा दोस्रो चरणमा योगेन्द्र पजियार र सन्तोषकुमार यादव मैदानमा छन् । समीकरणअनुसार भने पजियारले जित्ने देखिएको छ । पजियारलाई यादव प्रसैलाले समर्थन गरेपछि संथापन पक्षका यादवलाई जित्न कथिन भएको हो । 

बुधबार रातिमा जनकपुरधामस्थित निधि  निवासमा पत्रकार सम्मेलन आयोजना गरी शेखर कोइराला समूहका नेता रामकृष्ण यादवले आफूहरुले विमलेन्द्र निधी समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गर्ने निर्णय गरेको बताएका थिए । 

सभापतिका लागि मंगलबार अबेर राति भएको मतगणनामा कुनै उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसक्दा दोस्रो चरणमा बिहीबार बिहान पुनः निर्वाचनको समय निर्धारण गरिएको थियो ।   

सोमबार भएको निर्वाचनमा कुल ३ हजार १ सय ७३ मतदाता रहेकोमा २ हजार ९ सय १२ जनाले मत खसालेका थिए । उक्त मतमध्ये पजियार अग्रस्थानमा रहँदै १ हजार २सय ४८ मत ल्याएका थिए । 

सन्तोषकुमार यादवले ८ सय ८२ र प्रसैलाले ६ सय ३० मत मात्र प्राप्त गरेका थिए । १५१ मत बदर भएको थियो ।

धनुषामा ९१ पदका लागि २ सय ४० उम्मेदवार प्रतिस्पर्धामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ