- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पदच्युत गरि कारबाही गर्न माग गरिएको छ । मानव अधिकार तथा शान्ति समाजको चौबिसौ राष्ट्रिय परिषद् बैठकले उक्त आग्रह गरेको हो ।
न्यायालय शुद्धीकरणका लागि विशेष पहल गर्न आग्रहसहित परिषद् बैठकले अनेकौँ अनियमिततामा संलग्न जबरालाई आवश्यक कारबाही गर्न समेत माग गरेको छ ।
निलम्बित जबरा विरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव पारित गरि निजलाई पदच्युत गर्न दुई सय भन्दा बढी अधिकारकर्मीहरूले माग गरेका थिए ।
साथै राष्ट्रिय परिषद् बैठकले रुसलाई तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको लागि योगदान गर्न आह्वान गरेको छ ।