arrow

  आगलागीमा परेका  ११ घर परिवारलाई माछापुच्छ्रे बैंकको सहयोग  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३ बिहिबार
Screenshot 2022-03-17 123431.jpg

सप्तरी । माछापुच्छे बैंक लिमिटेडको माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत फागुन २८ गते सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ४ टोल टेगंरीमा लागेको आगलागीबाट सबै जलेर नष्ट भएको ११  घर परिवारलाई खाद्मान्न तथा भाडाँकुडा सहयोग गरेको छ ।

उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन गापा ४ का अध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश नं. २ का प्रदेश उपप्रमुख बिनेश ठाकुरका उपस्थिति रहेको थियो  ।     

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको थियो । 

त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ । बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ