arrow

महाभारत युद्ध : यसरी तयार हुन्थ्यो ४५ लाख सेनालाई भोजन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
mahabharat.jpeg

काठमाडौं । कुरुक्षेत्रमा भएको महाभारतको युद्धमा लाखौँ सैनिकले भाग लिएका थिए । त्यसमा ४५ लाख भन्दा बढी सैनिक सहभागी थिए । कौरवहरूसँग ११ अक्षौहिणी सेना, श्रीकृष्णको १ अक्षौहिणी नारायणी सेना थियो । पाण्डवहरूले ७ अक्षौहिणी सेना जम्मा गरेका थिए। यसरी यस युद्धमा सबै महारथीहरूको सेनालाई मिलाएर जम्मा ४५ लाखभन्दा बढी मानिसहरूले भाग लिएका थिए।

महाभारत युद्धको घोषणा भएसँगै सबै राज्यका राजाहरूले आफ्नो पक्षको निर्णय गरिरहेका थिए। कोही कौरवको पक्षमा थिए भने कोही पाण्डवको पक्षमा । यस अवधिमा त्यहाँ यस्ता राजाहरू पनि थिए जसले तटस्थ रहने निर्णय गरेका थिए। ती मध्ये एक उडुपीका राजा पनि थिए । उनले श्रीकृष्णको आदेशानुसार खानाको व्यवस्थापन गरे ।

पौराणिक कथा अनुसार उनी श्रीकृष्ण कहाँ गए र यस युद्धमा लाखौँ योद्धा सामेल हुनेर लड्ने बताए । तर उनीहरूका लागि खानाको व्यवस्था कसरी गर्ने ? खाना बिना, कुनै योद्धा लड्न सक्षम नहुने बताए । उनले दुवै पक्षका सैनिकका लागि खानाको व्यवस्था गर्न चाहेको सुनाए । श्रीकृष्णले उडुपीका राजालाई यो अनुमति दिएका थिए।

तर राजाको अगाडि हरेक दिन भोजन कुन हिसाबले तयार गर्नुपर्छ भन्ने प्रश्न थियो ? खानेकुरा बढी हुने कि कम ? उनको यो चिन्ताको समाधान श्रीकृष्णले निकालेका थिए। अचम्मको कुरा के छ भने १८ दिनसम्म चलेको यो युद्धमा न त खाद्यान्नको कुनै अभाव भयो न त बाँकी रह्यो । 

युद्ध समाप्त भएपछि उडुपीका राजालाई युधिष्ठिरले आज यति मात्रै खाना बनाउनु पर्ने कसरी थाहा भयो भनेर सोधे। उडुपीका राजाले त्यसको श्रेय श्रीकृष्णलाई दिए। उडुपीका राजाले युधिष्ठिरलाई भने,'भगवान् कृष्णले हरेक दिन उमालेको बदाम खानुहुन्थ्यो। उदाहरणको लागि उहाँले १० वटा बदाम खानु भयो भने दोस्रो दिन १० हजार सिपाही मारिने मैले बुझेको थिएँ । त्यसैले दोस्रो दिन १० हजार सैनिकका लागि खाना बनाउँदो थिइन् । यसरी श्रीकृष्णको कारणले सिपाहीहरूलाई हरेक दिन पूरा भोजन मिल्ने गर्दथ्यो र खानाको अपमान पनि हुँदैनथ्यो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ