arrow

प्रधानमन्त्री देउवा आज पाँचथर आउँदै

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७८ चैत ७ सोमबार
sher-bahadur-deuba-2078-12-05.jpg
तस्बिर– फाइल

पाँचथर । प्रधानमन्त्री शेरबहादुर देउवा आज पाँचथर आउँदै छन् । तुम्बेवा गाउँपालिकामा संचालित तमोर पम्पिङ खानेपानी योजनाको उद्घघाटन गर्न प्रधानमन्त्री देउवा आउन लागेका हुन् ।

गाउँपालिकामा संचालित आङ्ना, मौवा बृहत पंम्पिङ खानेपानी योजनाको उद्धघाटन गर्ने कार्यक्रमका लागि देउवा आउन लागेको नेपाली कांग्रेस तुम्बेवाका सभापति बाबुराम खड्काले जानकारी दिए ।

कार्यक्रममा काग्रेका सहमहामन्त्री भिष्मराज आङदेम्बे, सहमहामन्त्री उमाकान्त चौधरी लगायत जिल्ला स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त आयोजनाबाट सुख्खा क्षेत्र रहेको तुम्बेवा गाउँपालिकाका बासिन्दालाई सहज हुने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ