arrow

देउवाले गरे नेविसंघमा दुजाङ शेर्पा र तरुण दलमा विद्वान गुरुङलाई नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
pm-deuba-dhangadhi-visit-kartik-05-2078.jpg

काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ सङ्घहरू नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्ष पदमा नियुक्ति भएका छन् ।

नेपाल विद्यार्थी सङ्घमा दुजाङ शेर्पा  र नेपाल तरुण दल विद्वान गुरुङलाई कार्यसमितिको अध्यक्ष पदमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियुक्ति गरेका हुन् । 

 सभापति देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फाल्गुण ३ गतेको बैठकको निर्णय अनुसार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त भएका पदमा नियुक्ति गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ