arrow

अश्वत्थामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
mahabharat.jpeg

शारद्वतीं ततो भार्यां कृपीं द्रोणोऽन्वविन्दत् ।
अग्रिहोत्रे च धर्मे च दमे च सततं रताम् ।। ४६ ।।- महाभारत (संभव पर्व)

अश्वत्थामाको जन्म अंगिरा गोत्रका भारद्वाज ऋषिका पुत्र द्रोणाचार्यकोमा भएको थियो। उनकी आमा कृपी ऋषि शरदवानकी छोरी थिइन्। तपस्या गरिरहेका द्रोणले सन्तान प्राप्तिका लागि पितृको आदेशमा कृपीसँग विवाह गरे । कृपी पनि अति धार्मिक, कोमल र तपस्वी थिइन्। दुवै सम्पन्न परिवारका थिए ।

अलभत गौतमी पुत्रमश्‍वत्थामानमेव च।
स जात मात्रो व्यनदद्‍ यथैवोच्चैः श्रवा हयः ।।४७।।
तच्छुत्वान्तर्हितं भूतमन्तरिक्षस्थमब्रवीत्।
अश्‍वस्येवास्य यत् स्थाम नदतः प्रदिशो गतम् ।।४८।।
अश्‍वत्थामैव बाल्तोऽयं तस्मान्नाम्ना भविष्यति।
सुतेन तेन सुप्रीतो भरद्वाजस्ततोऽभवत्।।४९।।

जन्म लिँदै अश्वत्थामाले उच्चैःश्रवा (अश्व) समान घोर शब्द गरे, जो सबै दिशाहरू र व्योममा गुन्जिएको थियो । तब आकाशवाणी भयो कि यस विशिष्ट बालकको नाम अश्वत्थामा  हुनेछ । 

उनी त्यस युगका श्रेष्ठ योद्धाहरू मध्ये एक मानिन्छन्। उनी गुरु द्रोणाचार्यका पुत्र र कुरूँ वंशका राजगुरु कृपाचार्यका भान्जा थिए। द्रोणाचार्यले नै कौरव र पाण्डवहरूलाई शस्त्र विद्यामा पारङ्गत बनाएका थिए। महाभारतको युद्धको दौरान, गुरु द्रोणले हस्तिनापुर राज्यको प्रति निष्ठाको कारण, कौरवहरूलाई समर्थन गर्न उचित सम्झिए।

आफ्नो बुबा जस्तै, अश्वत्थामा पनि शास्त्र विद्यामा कुशल थिए। पिता-पुत्रको जोडीले महाभारतको युद्धको क्रममा पाण्डवहरूको सेनालाई छिन्नभिन्न बनाएको थियो। पाण्डव सेनालाई निराश देखेर श्रीकृष्णले द्रोणाचार्यको वध गर्नको लागि युधिष्ठिरलाई कूटनीतिको सहारा लिन भने।

यसै योजना अनुसार युद्ध भूमिमा अश्वत्थामा मारिएको हल्ला फैलिएको थियो । जब द्रोणाचार्यले धर्मराज युधिष्ठिरबाट अश्वत्थामाको मृत्युको सत्यता जान्न चाहन्थे, युधिष्ठिरले जवाफ दिए कि 'अश्वत्थामा हतो नरो वा कुंजरो वा'  (अश्वत्थामा मारिएको छ, तर मलाई थाहा छैन कि उनी नर थिए कि हात्ती)। यो सुनेर गुरु द्रोण पुत्र मोहमा शस्त्र त्यागेर किंकर्तव्यविमूढ  युद्धको मैदानमा बसे । त्यही अवसरको फाइदा उठाउँदै पञ्चाल राजा द्रुपदका पुत्र धृष्टद्युम्नले उनको वध गरे।

बुबाको मृत्युले अश्वत्थामालाई दुखी बनायो। महाभारत युद्ध पछि, जब अश्वत्थामाले आफ्नो पिताको मृत्युको बदला लिन पाण्डव पुत्रको वध गरे । तथा   पाण्डव वंशको विनाशको लागी, उत्तरा को गर्भ मा जन्मेका अभिमन्युका छोरा परीक्षितको हत्या गर्नको लागी ब्रहास्त्र चलाए ।तब भगवान् श्री कृष्णले  परीक्षितलाई रक्षा गरेर सजायको रूपमा अश्वत्थामाको निधारमा मणि निकालेर तेजहीन बनाए । तब युगौँ युगसम्म भड्किरहने श्राप दिए ।   

भनिन्छ अश्वत्थामा नर्मदा नदी को किनारमा भड्किरहेका छन्  । उनी पृथ्वीको अन्त्यसम्म रहिरहनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ