arrow

एन्फा चुनावका लागि समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
anfa-20th-general-meeting.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी जेठ १५ गते हुने निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ । मंगलबार बसेको एन्फाको बीसौं साधारणसभाले अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो ।

समितिको सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौतमलाई तथा सदस्यमा दामोदर भट्टराईलाई तोकिएको छ । अधिवक्ता सरस्वती श्रेष्ठ र अधिवक्ता प्रीति कार्की वैकल्पिक सदस्य रहेका छन् ।

साधारण सभाले बिष्णु लुइँटेलको संयोजकत्वमा निर्वाचन पुनरावेदन समिति गठन गरेको छ । यस समितिमा सुधा रिजाल सहसंयोजक, केशरमणि अर्याल सदस्य, यज्ञ बहादुर राना र हरि प्रसाद इग्नाम वैकल्पिक सदस्य रहेका छन् ।

साधारण सभाले खेलाडी संघका अध्यक्ष राजेश मानन्धर, महिला संघका अध्यक्ष वृन्दा देवान र संखुवासभा जिल्ला फुटबल संघका प्रतिनिधि गौरिमान राईलाई निरीक्षकमा नियुक्त गरेको छ ।

त्यस्तै बैठकको निर्णय पुस्तिका प्रमाणित गर्न सदस्यमा सानेपा क्लबका अध्यक्ष ध्रुब बिक्रम पाण्डे, नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष दिपक चित्रकार र रेफ्री संघका अध्यक्ष बुद्धिबहादुर गुरुङलाई नियुक्त गरेको छ ।

निर्वाचनमा उम्मेदवारी दिनका लागि अध्यक्षको उम्मेदवारका लागि १५ हजार, उपाध्यक्षको लागि १० हजार र सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।



नयाँ