arrow

स्थानीय तह चुनावको लागि दार्चुलामा ८८ हजार मतदाता

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ चैत १५ मंगलबार
election-darchula.jpg

दार्चुला । दार्चुलामा ८८ हजार बढी मतदाताले २०७९ सालको स्थानीय तह निर्वाचनमा मत दिन पाउने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार दार्चुलामा ८८ हजार २ सय ८५ मतदाता सङ्ख्या रहेको छ । 

जिल्लामा ४५ हजार १ सय ११ पुरुष र ४३ हजार १ सय ७४ महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । जिल्लामा सबैभन्दा बढी मतदाता शैल्यशिखर नगरपालिकामा रहेका छन् भने सबैभन्दा कम अपिहिमाल गाउँपालिकामा रहेका छन् । 

जसअन्तर्गत शैल्यशिखर नगरपालिकामा १४ हजार २ सय ९९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकृत प्रदीप धामीले जानकारी दिए । 

यस्तै महाकाली नगरपालिकामा १३ हजार २ सय ८४, मालिकार्जुन गाउँपालिकामा ११ हजार ३ सय २०, लेकम गाउँपालिकामा ९ हजार ७ सय ७०, नौगाड गाउँपालिकामा ९ हजार ५ सय ९६, मार्मा गाउँपालिकामा ९ हजार २ सय ८५, दुहुँ गाउँपालिकामा ८ हजार २ सय ७६, व्यास गाउँपालिकामा ७ हजार ८ सय ४ र अपि हिमाल गाउँपालिकामा ४ हजार ६ सय ५१ मतदाता रहेको उनले बताए । 

यस पटकको चुनावका लागि दार्चुलामा १ सय १० मतदान स्थल र १ सय ३९ मतदान केन्द्र रहने निर्वाचन अधिकृत धामीले बताए । २०७४ को स्थानीय निर्वाचनमा जिल्लामा ७३ हजार ५१ मतदाता थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ