arrow

ओझेलमा गुज्रिएको नेपालको कृषि क्रान्ति !

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ चैत १७ बिहिबार
jhapa-agri.jpg

चैत्र । दक्षिण एसियाली देशहरू मध्येको एक कृषि प्रधान हाम्रो देश नेपालमा कृषि क्षेत्रका समस्याहरू २१ औं शताब्दीको तीन दशक आइपुग्दासम्म ज्युका त्युँ छन् । हाल नेपालको पूर्वी जिल्ला झापामा चैत्र महिनामा लगाइने धान रोपाइ कार्य अन्तिम चरणमा पुगेको छ । 

जिल्लामा कति हेक्टर चैते धान खेती हुन्छ भन्ने तथ्याङ्क कृषि विज्ञान केन्द्र झापालाई नै यकिन जानकारी छैन । अर्कोतर्फ नेपालमा रोपाइको समयमा हुने रासायनिक मलको अभाव बर्षैनि उस्तै छ । फलस्वरूप उल्लेख्य मात्रामा कृषि उपज उत्पादन र कृषि क्षेत्रको उत्पादकत्व बढाउन सकिएको छैन । 

जनसङ्ख्याको वृद्धिलाई खाद्यान्नले थेग्न नसक्दा देशले छिमेकी मुलुकबाट वर्षीनी खाद्यान्न आयात गर्नुपर्ने बाध्यता अझैसम्म चलिरहेको छ । कृषिमा व्यापक रूपमा व्यवसायीकरण नहुँदा निर्वाहमुखी कृषिले गरिबको जीवनस्तर उकास्न मुस्किल पर्दछ । 

नेपालमा व्याप्त रहेको गरिबिको दुष्चक्र तोड्ने एउटै निर्विकल्प उपाय आधुनिक कृषि प्रणालीको विकास यानि कि कृषि क्रान्ति नै हो ।

सत्ताको बागडोर माथि सधैँ राल चुहाउने राजनीतिक दलहरूले चुनाव लक्षित आफ्ना घोषणा-पत्रहरूमा लम्बेतान बुँदाहरू राखेर जनतालाई प्रलोभनमा पार्दै तथा भोट सँग नोटको सौदा बाजी गर्दै सत्ता हत्याउने प्रपञ्चले हाम्रो जस्तो बिकासोन्मुक मुलुक अघि लाग्न सक्दैन । 

राजनैतिक ओझेलका कारण नेपालको कृषि क्रान्ति अझै पनि शिशु अवस्थामै छ । नागरिक हरूका न्यूनतम आवश्यकता हरू पुरा गर्नमै ५० औं वर्षसम्म रुमल्लिँदा हाम्रो देश समृद्ध बन्न कहिले सक्ला ? प्रश्न यहाँ नेर छ । 

तसर्थ अब आउने नेतृत्व तहले दिगो विकासका लागि योजनाबद्ध खाका तयार गर्न नसके राजनीतिको रापले निमुखा जनता अझै १०० औं वर्ष सम्म गरिबिको रेखा मुनी बाच्न बाध्य हुनुपर्ने निश्चित प्राय छ ।



नयाँ