arrow

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन ओलीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
kp-sharma-oli-new-2078-12-09.jpg

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन आग्रह गरेका छन् । 

एमालेको जनसङ्गठन राष्ट्रिय बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै उनले राष्ट्रको समृद्धि र राष्ट्रिय हित चिताउने तथा  जनताको सेवाका लागि समर्पित हुन आह्वान गरे ।

पूर्व प्रधानमन्त्री ओलीले राजनीतिलाई आर्थिक नाफाको विषय बनाउने र व्यक्तिगत स्वार्थपूर्तिमा लाग्नेहरूले देश बनाउन नसक्ने दाबी गर्दै एमाले समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गराउने अभियानमा आफ्नो पार्टी प्रतिबद्ध रहने बताए ।

अध्यक्ष ओलीले आशन्न स्थानीय तहको निर्वाचनका लागि सक्रियतापूर्वक लागेर एमालेका उम्मेदवारलाई विजयी बनाउन बुद्धिजीवीहरूलाई आग्रह गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ