arrow

प्रोवेसनमा आबद्ध ११ सहकारीहरूको मुगुमा कार्यशाला

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७८ चैत २२ मंगलबार
chayanath-seving.PNG

मुगु । केन्द्रीय बचत तथा ऋण सहकारी सङ्घ (नेफ्स्कुन)ले सञ्चालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम(प्रोवेसन)मा आबद्ध भेरी र कणालीका ११ वटा सहकारीहरूको मुगुमा कार्यशाला भएको छ । भेरी कणाली दोस्रो समूहमा रहेका सहकारीहरूको आठौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला मङ्गलवार मुगु स्थित छायानाथ बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सम्पन्न भएको हो ।

कार्यशालामा सहभागी हुन सुर्खेत जिल्लाबाट जनकल्याण साकोस, कृषक प्रेरणा साकोस, नवजनशक्ति साकोस, पिपलबोट सोकोस, वीरेन्द्रनगर साकोस, शुभ साकोस, ग्रामीण जागरण साकोस बाँके जिल्लाबाट माता बागेश्वरी साकोस, होलिका साकोस, महिला समाजसेवा साकोस र मुगु जिल्लाबाट छायानाथ साकोस सहभागी भएको थिए । नेफ्स्कुनले बचत तथा ऋण सहकारीलाई छोटकरीमा साकोस भन्ने गर्दछ ।

छायानाथ साकोसका अध्यक्ष भूपेन्द्र बहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको कार्यशालामा सहभागी सबै सहकारीहरूले आ आफ्ना संस्थाहरूका वित्तीय प्रगति, समस्या, समाधानका लागी चालिएका कदम बारे प्रस्तुतीकरण गरेको छायानाथ साकोसका व्यवस्थापक हरि बहादुर शाहीले बताए । 

नेफ्स्कुनको प्रोवेसन कार्यक्रममा आबद्ध सहकारीहरूको प्रस्तुति सुनिसकेपछि सबै सहकारीहरूलाई समग्रमा विभिन्न विषयमा पृष्ठपोषण नेफ्स्कुनका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले दिएका थिए । 

सहभागी संस्थाका प्रतिनिधिहरू लाई आर्थिक तरलता के हो ? तरलताको व्यवस्थापन कसरी गर्ने ? तरलताले के के कुरामा असर गर्छ ?सहकारीमा आउन सक्ने तरलताका सङ्कटहरू के के हुन ? संस्थामा तरलता कति प्रतिशत राख्ने ? देशमा आर्थिक तरलताको हालको अवस्था के छ ? भन्ने बारे अधिकृत रेग्मीले कक्षा दिएका थिए ।

देशभरमा १२ हजार बचत तथा ऋण सहकारी संस्थाहरू भए पनि नेफ््स्कुनले बचत, लगानीको अवस्था, प्रशासनिक तथा आर्थिक सुशासन, सरकारी नियम कानुनको पालना, सदस्यतामुखी सेवा, आर्थिक अपचलन नभएका, सक्षम सहकारीहरूलाई सहकारी गुणात्मक चिन्ह दिन प्रोवेसन कार्यक्रममा आबद्ध गर्ने गर्छ ।

यसरी आबद्ध भएका सहकारीहरूले आ आफ्ना सिकाई आदान प्रदान गर्न र थप पृष्ठपोषण लिन नियमित फरक फरक सहकारीको आयोजनामा कार्यशाला गर्ने गर्दछन् यो कार्यशाला ८ औ र बैठक ११ औ भएको पिपलबोट साकोस सुर्खेतका प्रतिनिधि गणेशमान खनालले बताए ।

कार्यशालामा सहभागीहरूलाई स्वागत गदै छायानाथ साकोसका लेखा संयोजक विनोद कुमार मल्लले भौगोलिक विकटता र सरकारका अनुदान मुखी र झोले सहकारीहरूले गर्दा समग्र सहकारी क्षेत्रको बदनाम हुँदै गएको बेला सहकारीहरूको गुणात्मक परीक्षण गरी सहकारीलाई प्रोवेसनमा आबद्ध गर्ने नेफ्स्कुनको कार्यक्रम उपयुक्त र समय सान्दर्भिक भएको बताए ।

बचत तथा ऋणको छाता सङ्गठनका हैसियतले नेफ्स्कुनले देशभरका सहकारीहरू विच साख पत्र आदान प्रदान गर्ने नेटवर्क बनाउने तथा सहकारी ऋण असुली प्राधिकरण गठन तथा सस्तोमा सहकारीहरूलाई ऋण तथा अनुदान उपलब्ध गराउन पहल गर्नुपर्ने पनि नेफ्स्कुनलाई संयोजक मल्लले सुझाव दिए ।

मुगु जिल्लामा विभिन्न विषयगत १ हजार बढी सहकारी सस्ताहरू भए पनि छायानाथ नै यस्तो सहकारी हो जो नेफ्स्कुनका मापदण्ड पुरा गरेर प्रोवेसन कार्यक्रममा आबद्ध छ । मुगु मात्र नभएर साबिकको कणालीमा मै छायानाथ प्रोवेसनमा आबद्ध भएको पहिलो सहकारी हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ