arrow

एमालेलाई हेटौँडाको मेयर-उपमेयर छान्न सकस

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ चैत २९ मंगलबार
uml-makawanpur-1.jpg

हेटौँडा। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि नेकपा एमालेले तीन-तिन जनाको नाम सिफारिस गरेको छ। मङ्गलवार बसेको एमाले नगर कमिटी बैठकले मेयरका लागि हालका मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त प्रसाद पौडेल र हालका जिल्ला समन्वय समितिका सदस्य गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय पूर्व संविधानसभा सदस्य एवं एमाले नेता अनन्त पौडेलले हाम्राकुरालाई जानकारी दिए।

मङ्गलवार भएको बैठकले पनि सर्वसम्मत मेयरको उम्मेदवार चयन गर्न नसकेपछि उपमहानगर कमिटीले तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो। हेटौँडा उपमहानगरपालिकाको मेयरका लागि नौ जनाले आकाङ्क्षा व्यक्त गरेको भए पनि सहमति हुन नसक्दा तीन जनाको नाम सिफारिस गरिएको हो।

हेटौँडाको मेयरका लागि एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हालका मेयर हरिबहादुर महत, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्यहरू मदन दाहाल, ध्रुव चौलागाईं, गणेशकुमारी प्रधान र सङ्गठित सदस्य विके महर्जनले आकाङ्क्षा राखेका थिए।

यस्तै एमालेले उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र इन्द्र प्रसाद नेपालको नाम सिफारिस गर्ने निर्णय गरेको छ। बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडाको उपमेयरका लागि ७ जनाले आकाङ्क्षा व्यक्त गरेको भए पनि तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको हो।

उपमेयर पदका लागि सुमित्रा काफ्ले, सीता विष्ट, मेनुका दाहाल, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपालले इच्छा व्यक्त गरेका थिए। जिल्ला कमिटीमा सिफारिस भएका उम्मेदवारहरूबीच पुन छलफल गराएर सकेसम्म एक-एक जनाको नाम प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाइने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ