arrow

हेटौँडाको मेयरमा काँग्रेसबाट ३ जनाको नाम सिफारिस

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ वैशाख ५ सोमबार
mmmmmmm.jpg

हेटौँडा। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौँडा नगर प्रमुखमा नेपाली काँग्रेसको तर्फबाट ३ जनाको नाम सिफारिस गरिएको छ। सोमबार बसेको काँग्रेस हेटौँडा नगर कार्य समितिको बैठकले हेटौँडाको मेयरका लागि आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो।

त्यसै गरी उपप्रमुखमा पनि ३ जनाको नाम सिफारिस गरिएको छ। अमृता थापा इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम उपमेयरका लागि सिफारिस गरिएको छ।

नगर कार्य समितिले प्रमुख र उपप्रमुखको नाम काँग्रेस मकवानपुर क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिलाई सिफारिस गरिएको काँग्रेस हेटौँडा नगर सभापति उत्सव इटेनीले जानकारी दिए।

नगर प्रमुखमा सिफारिस भएका पराजुली २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौँडा नगर प्रमुखमा झिनो मतान्तरले पराजित भएका थिए। अघिल्लो निर्वाचनमा  काँग्रेस माओवादीकोको गठबन्धनका उम्मेदवार काँग्रेस नेता पराजुलीलाई जम्मा ५१६ मतले पराजित गर्दै एमालेका हरि बहादुर महत मेयर बनेका थिए।

महतले २३ हजार १२४ मतका साथ जित हासिल गर्दा काँग्रेसका पराजुलीले २२ हजार ७०९ मत पाएका थिए। पराजुलीको पक्षमा खसेको ७ हजार २०४ मत बदर भएको थियो।

गठबन्धन कै अर्को दल नेकपा एकीकृत समाजवादीले पनि हिजो हेटौँडाको मेयर,उपमेयर र सबै वडाका वडाध्यक्ष हरूको नाम सिफारिस गरिसकेको छ। मकवानपुरमा गठबन्धनको भागबन्डा नमिल्दा कुन स्थानीय तह कसले पाउने र उम्मेदवारको भन्ने टुङ्गो लाग्न सकेको छैन।

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धनका दल भागबन्डा मिलाउन लामो समयदेखि नियमित बैठकमा बसेका छन्।

भागबन्डा मिलाउन गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीका जिल्ला नेतृत्व सहमतिको प्रयासका लागि दैनिक छलफलमा जुट्दै आएका छन्। तर, गठबन्धनभित्रका दलको आ–आफ्नो दाबीका कारण सहमति हुन सकेको छैन। सहमति नभएपछि गठबन्धन भित्रका दलले आआफ्ना उम्मेदवार छान्दै सिफारिस गर्न सुरु गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ