arrow

भीष्म पितामहको श्रद्धा

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ वैशाख ५ सोमबार
Bhishma-Pitamah.jpg

महाभारतको युद्ध कुरुक्षेत्रमा भएको थियो । त्यहाँ बाणगंगा नदी छिन् । यही ठाउँमा श्रीकृष्णले अर्जुनलाई गीता सुनाउनु भएको थियो । भीष्म पितामहले इच्छा मरणको वरदान पाएका थिए । कौरव पाण्डवको युद्धमा भीष्म पितामहलाई पनि बाण लाग्यो र उनी त्यहीँ शरशैयामा सुतिरहेका थिए । उनलाई पानीको प्यास लागेको थियो । आफ्ना वाजेलाई पानी तिर्खा लागेको थाहा पाएर दुर्योधन सुनको करुवामा पानी पिलाउन अगाडि आइपुगे ।

भीष्म पितामहले उनलाई 'पापीको हातले दिएको पानी खान्न' भनेर पन्छाइदिए तर अर्जुनको खोजी गरे । उनको त्यो इच्छा सुनेर अर्जुन दौडेर आए र के सेवा गर्रौ भनेर सोधे । भीष्म पितामहले आफूलाई प्यास लागेको कुरा बताएपछि अर्जुनले जमिनमा बाण हाने र गङ्गाजीको पानीको धारा जमिनमा ल्याए र उनको प्यास बुझाइदिए । बाण हानेर गङ्गालाई पृथ्वीमा ल्याइएको हुँदा त्यो गङ्गालाई बाणगंगा भनिन्छ ।

पितामह बालब्रम्हचारी त छँदै थिए ।  जुन दिन उनी लडेका थिए, त्यसै समय काल आएर उनलाई लैजान खोज्दा उनले आफू कालको अधीन नबन्ने कुरा बताए र गएनन् । भीष्म पितामह शरशैयामा सुतेको देखेर परशुराम, नारद, धौम्य भरद्वाज, वशिष्ठ आदि  ऋषिहरू उनको दर्शनका लागि आए किनभने सन्तहरूको मरण सबैलाई मङ्गलदायक नै हुन्छ । 

सन्तहरूको मरण भएको दिन उत्सवहरू मनाइन्छ । यसरी ऋषिहरू आएको देखेर पितामहले आफूलाई आशीर्वाद दिन आएको सम्झे र सबैलाई प्रणाम गरे । उनले आफ्नो अगाडि सबै जना आए पनि भगवान् श्रीकृष्ण आएर दर्शन दिनुहुन्छ भनेर उनकै बाटो हेरिरहे ।

भीष्मले श्रीकृष्णले उनको जीवनको अन्तिम समयमा दर्शन दिन आउँछु भनेर वाचा गर्नुभएको कुरा सम्झी नै रहेका थिए । श्रीकृष्णले युधिष्ठिरलाई भीष्म पितामहसँग ज्ञान लिन जानु भनेर अह्राउनु भएको थियो । 

युधिष्ठिर ज्ञान लिन अगाडि गए तर भीष्मको आँखा आँसुले रसायो । उनले युधिष्ठिरलाई भगवान् तिम्रै घरमा बास गरिरहनु भएको छ, त्यसैले तिमीले चिन्ता लिनु पर्दैन भनेर आश्वासन दिए ।

यत्तिकैमा श्रीकृष्ण त्यहाँ प्रकट हुनुहुन्छ । भीष्म पितामहलाई आफूले जीवनमा कहिल्यै पनि पाप नगरेको तैपनि किन यसरी शर शय्यामा पर्नु परेको भन्ने शङ्का भई रहेको थियो । उनले श्रीकृष्णलाई सोधे, मनमा उब्जेको शङ्का हटाउन । ...(क्रमशः....)

(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)

इमेल :aamodita@gmail.com    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ