arrow

गोरखा मेयरमा कांग्रेस नेतृ अधिकारी अघि बढ्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
shova adhikari6.jpg

काठमाडौं । नेपाली कांग्रेसकी युवा नेतृ शोभा अधिकारी गोरखा नगरपालिकाको मेयरका लागि अघि बढेकी छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य सम्पादन समिति सदस्य एवं गोरखाबाट महासमिति सदस्यसमेत रहेकी नेतृ शोभा अधिकारी मेयरका लागि अघि बढेकी हुन् ।

विगत दुई दशकदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीति गरेकी नेतृ अधिकारीले ब्यवस्थापन र समाजशास्त्रबाट दुई संकायमा स्नातकोत्तरसमेत गरेकी छन् । राजनीतिक जिवनसँगसँगै, शिक्षा, समाजिक हकहित र समानताको लडाँई गर्दागर्दै अघि बढेकी अधिकारीलाई उनकै क्षेत्रका नेता, कार्यकर्ता एवं आम नागरिकले मेयरको उम्मेदवारका लागि अघि सारेका हुन्।

कांग्रेसमा सक्रिय महिला नेतृका रूपमा चिनिएकी अधिकारी क्षमतावान मात्रै हैन्, समाजमा समेत छुट्टै पहिचान बनाउन सफल छिन् । आमसर्वसाधरणको जिवन विकास, समाज विकास एवं देशको समृद्धिका क्षेत्रमा राजनीतिक क्षेत्रबाट कसरी उल्लेखनीय योगदान दिन सकिन्छ भन्नेमा अध्ययन र अनुभवका साथ अघि बढेकी नेतृ शोभा अधिकारीलाई स्थानीय नेता, कार्यकर्तादेखि आम नागरिकहरुले समेत रुचाएको बताउँछिन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा नेविसंघको केन्द्रीय सभापति हुँदा पद्म कन्या क्याम्पस काठमाडौंको स्ववियु उपसभापति रहेकी नेतृ शोभा अधिकारीले महामन्त्री गगन थापा नेविसंघको महामन्त्री र गुरुराज घिमिरे केन्द्रीय सभापतिसँग केन्द्रीय सदस्यमा रहीसँगै काम गरेकी थिइन्।

तीन कार्यकाल नेविसंघको केन्द्रमा काम गरेर नेपाली कांग्रेसको राजनीतिमा आएकी शोभाले गोरखाको जिल्ला सदस्य हुँदै महासमिति सदस्य, गण्डकी प्रदेश सदस्यमा भारी मतले चुनाव जितेकी थिइन् ।

भ्रष्टाचारलाई जरैदेखि उन्मुल गर्नुपर्ने र समाजलाई नयाँ युगको पहिचान दिनमा महिला सक्रियता एवं पहुँच बढाउनु पर्नेमा नेतृ अधिकारीको विश्वास छ । 

समाजविकासले मात्रै राष्ट्र समृद्ध हुनेमा विश्वास नर्गे नेतृ अधिकारी समाज विकास गर्न महिला र पुरुषलाई समान अवसर दिनुपर्ने बताउँछिन् । समाजका बढीजसो आयाममा महिलाको बाहुल्यता भएपनि महिलालाई शिक्षा, सहभागिता र अवसरका क्षेत्रमा पछि पार्दा महिलाको विकास हुन नसकेको र फलस्वरुप समाजको विकास हुननसकेको उनको भनाइ छ।

यो बिषयलाई गम्भीररुपले आत्मसात गरेर महिलाालईसमेत सबैक्षेत्रमा अधिकार दिनुपर्ने र स्थानीय चुनावमा समेत सम्भवत भएसम्ममा संविधानले सुनिश्चित गरेअनुसारको टिकट दिनुपर्ने उनको भनाइ छ ।

ऐतिहासि महत्वको गोरखालाई नयाँ स्वरुप दिनका लागि आफुले मेयरमा दाबी गरेको नेतृ अधिकारीको भनाइ छ । गोरखा जिल्लामा पर्यटनको थप बिकास र विस्तार, भ्रष्टाचाररहित प्रशासन, गरिबी निर्मुल र समाजको समृद्धिसहित राष्ट्र विकास र राष्ट्र हितमा महत्वपूर्ण योगदान दिन आफुले मेयरमा दाबी गरेको नेतृ अधिकारीले बताएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ