arrow

इलाममा पनि सत्तागठबन्धन, कसलाई कुन पालिका भागमा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
gathabandha-five-parties (1).jpg

इलाम । स्थानीय तहको निर्वाचनका लागि इलाममा पनि भागबण्डा गरिएको छ । भागबण्डा गर्दा उपप्रमुखमा दुई ठाउँमा मिल्न बाँकी छ भने बाँकी सबैमा सहमति भएको छ । 

१० मध्ये सात पालिका प्रमुखमा नेपाली कांग्रेस, दुई वटा नेकपा एकीकृत समाजवादी र एउटामा माओवादी केन्द्रले भाग पाएका छन् । 

कांग्रेसले इलाम नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङसेवुङ गाउँपालिका, सन्दकपुर गाउँपालिका, चुलाचुली गाउँपालिका र रोङ गाउँपालिकाको प्रमुखमा टिकट पाएको छ ।
 
त्यस्तै सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाको प्रमुखमा नेकपा एकिकृत समाजवादीले पाएको छ । माई नगरपालिकाको प्रमुख भने नेकपा माओवादी केन्द्रले पाएको छ ।

उपप्रमुखमा इलाम नगरपालिका, रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र माई नगरपालिका नेपाली कांग्रेसको भागमा परेको छ । यद्यपि इलाममा अझै सहमति नजुटेको छलफलमा सहभागी एक नेताले बताएका छन् । 

त्यस्तै तीन वटा पालिका देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका नेकपा मोओवादी केन्द्रको भागमा परेको छ । देउमाईमा पनि अझै सहमति जुट्न नसकेको सहभागी ती नेताले दाबी गरेका छन् । 

सन्दकपुर गाउँपालिका नेकपा एसको भागमा र माङसेवुङ गाउँपालिका जनता समाजवादी पार्टीको भागमा परेको छ । 

अन्य वडा अध्यक्ष र सदस्यहरुको टुङ्गो लगाउन वाँकी नै रहेको छ । वडा अध्यक्ष र सदस्यहरुको टुङ्गो भने स्थानीय पालिकाको संयन्त्रले लगाउने ती नेताले बताए । वडातहमा पालिका संयन्त्रले सकभर सहमतिका लागि अधिकतम लचकता देखाउने र यदि सहमति हुन नसकेमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयसमेत भएको छ । 

२०७४ सालमा भने दशमध्ये सात पालिका एमालेले जितेको थियो । तीन पालिका कांग्रेसले जितेको थियो । 

अहिले चुनावअघि नै एमालेका दुई पालिका प्रमुख नेकपा एसमा गइसकेका छन् । जसका कारण पनि एसले माओवादीले भन्दा बढी पालिका प्रमुख पाएको हो । 

नेकपा एसका सम्मानित नेता झलनाथ खनालको गृहजिल्ला भएका कारण पनि यहाँको निर्वाचनलाई विशेष महत्वका साथ हेरिन्छ । 

एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गृहजिल्ला भएकाले जितका लागि जोड लगाउने बुझ्न सकिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ