arrow

टिकटका कारण पार्टी नै छाडेको प्रचार गर्ने विरुद्ध तरुण दलको कडा टिप्पणी 

logo
युवराज रेग्मी, 
प्रकाशित २०७९ वैशाख ११ आइतबार
Tarun-Dal.jpg

झापा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणको विषयलाई लिएर देशैभर असन्तुष्टिको आवाज आइरहँदा झापाको गौरादह नेपाली कांग्रेस पनि अछुतो रहन सकेन ।

सत्ता साझेदार दलहरुको निर्णय अनुरुप आसन्न  स्थानीय निर्वाचनमा आफ्नो पकड सुनिश्चित गर्न गरिएको सम्झौता अनुरुप कांग्रेस नेकपा माओवादी केन्द्र लगायतका दलहरुसँग स्थानीय तहमा पद  बाँडफाँड गरी चुनावी मैदानमा होमिँदै छ । 

चुनावमा दर्बिलो बनेर जाने मार्गचित्र अनुरुप अगाडि बढ्दै गर्दा दलहरुभित्रै पद बाँडफाँड आन्तरिक कलहको विषय बनेको छ । 

यसै सन्दर्भ अनुरुप झापाको गौरादह नगरपालिकाका केही वडाहरुको  टिकट वितरणको प्रारम्भिक सूचनालाई आधार मानेर केही स्थानीय तथा जिल्ला एवम् क्षेत्रीय तहका नेताहरुले पार्टी नै परित्याग गरेको भनी सामाजिक सन्जालमा अभिव्यक्ति दिँदै  चुनावको मुखैमा राजनैतिक माहोल बिगारेको भन्दै  नेपाल तरुण दल नगर समिति गौरादहले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसको तर्फबाट गौरादह नगरपालिकाको उम्मेदवार छनौट कार्य आम कार्यकर्ताको भावना अनुरुप हुनेमा आशावादी रहेको भन्दै सामाजिक सन्जालमा गरिएको नकारात्मक टिप्पणी नगर्न तरुण दल नगर समितिले अनुरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको विषयलाई लिएर विभिन्न भ्रामक प्रचारहरु भैरहेकोतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’  

गौरादह कांग्रेसका केही अगुवा व्यक्तिहरुबाटै सामाजिक सञ्जालमा जग हँसाउने गरी भैरहेका टिकारटिप्पणीले हामीलाई लज्जित तुल्याएको भन्दै  पार्टी अनुशासनलाई धज्जी उडाउँदै भैरहेका गतिविधि सर्वथा अनुचित र आपत्तिजनक रहेको  तरुण दलले ठहर गरेको विज्ञप्तिमा उल्लेख  गरिएको छ । 

साथै नेतृत्वतहले  मूल्यमान्यताको राजनीति गर्नु पर्नेमा कसैको निहीत व्यक्तिगत स्वार्थ प्रकट हुँदा पार्टी संगठनमै आघात पुग्ने टड्कारो अवस्था हुन जाने तरुण दल गौरादहको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ ।

सिंगो समाजलाई दिशानिर्देश गर्नुपर्ने नेताहरु आफै दिशाविहीन हुनु लज्जाको विषय भएको भन्दै  यस्ता कार्यले तमाम तरुण कार्यकर्तामा निराशा छाउने भएकोले पार्टीको आधिकारिक निर्णयको खिलाफमा नजान सबैमा  तरुणदलले आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ