arrow

सत्तागठबन्धनसँग जुध्न एमाले र विप्लवले तालमेल गर्ने 

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ वैशाख ११ आइतबार
darchula-uml-biplav.jpg

दार्चुला । स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा नेकपा एमाले र नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तालमेल हुने भएको छ । सत्ता गठबन्धनविरुद्ध जुध्न जिल्लाव्यापी रुपमा नै विप्लवसँग तालमेल हुने एमालेले जनाएको छ । 

यसैबीच जिल्लाको शैल्यशिखर नगरपालिकामा एमाले र विप्लवले संयुक्त रुपमा निर्वाचनमा जाने सहमति गरेको एमालेका विद्यार्थी नेता राजेश सिंह विष्टले जानकारी दिए । 

शनिबार एमालेको शैल्यशिखर नगर कमिटी र नेपाल कम्युनिष्ट पार्टीबीच संयुक्त रुपमा निर्वाचनमा जाने सहमति भएको उनले बताए । एमालेको तर्फबाट पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, लक्ष्मी विष्ट, गंगा जोशी र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट भरत मल्ल, जीवन विष्ट र मदनसिंह साहूले तालमेल गर्ने सहमति गरेका हुन् । 

एमालेले शैल्यशिखर नगरपालिकामा विजय सिंह धामीलाई मेयरको उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले पुनः अमरसिंह धामीलाई मेयरको उम्मेदवार उठाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ