arrow

मित्रवत् प्रतिस्पर्धाको निर्णय गरेर छुट्टिएका दलहरूबीच मध्यरातमा सहमति

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ वैशाख ११ आइतबार
mugu-sahamati.PNG

मुगु । शनिवार साँझ ७ बजे सत्ता पक्षीय दलहरू बीच सहमति हुन नसकेपछि मित्रवत् प्रतिस्पर्धाको निर्णय गरेर गरेका छुटिएका दलहरू बीच मध्यरातमा सहमति भएको छ ।

जिल्लामा रहेका ४ वटा स्थानीय तह र ४५ वटाहरू गठबन्धित दलबीच बाँडफाँड बारे शनिवार साँझ सहमति हुन नसकेपछि मित्रवत् प्रतिस्पर्धाको निर्णय गरेका दलहरू छुटेका थिए ।

आइतबार र सोमबार २ दिन उम्मेदवारहरूको मनोनयन दर्ताको समय भएकाले शनिवारसम्म सहमति गर्ने वा नगर्ने दबाबमा दलहरू थिए । दिनहुँ सहमतिको प्रयासका लागी बैठक बस्ने तर कुनै निष्कर्षमा नपुग्ने हुन थालेपछि सत्ता पक्षीय ५ दलहरूले पालिका देखि वडासम्मका आफ्ना उम्मेदवार चयन गर्न सकेका थिएनन् ।

मित्रवत् प्रतिस्पर्धाको निर्णय भए पनि कांग्रेस, माओवादी र नेकपा एसका जिल्ला प्रमुखहरूको चिया गफमा सहमतिको कुरा चलेपछि पुन गठबन्धनको प्रयास भएको थियो । केन्द्रको निर्णय नमान्दा आ आफ्ना पाटीमा जिल्लाको छवि नै खराब देखिने भएपछि जिल्लाका शीर्ष नेताहरू बीच शनिवार मध्यरातमा सहमतिमा पुगेका हुन । 

सहमति अनुसार छायाँनाथ रारा नगरपालिकामा रहेका १४ वडा मध्य ९ वडा सहित नगरप्रमुख, खत्याड र सोरु गाउँपालिकामा रहेका ११ वडा मध्य ५, ५ वडा सहित उपाध्यक्षहरू, र मुगुम कार्मारोङ्गमा रहेका ९ वडा मध्य ५ वडा सहित अध्यक्षमा कांग्रेसलाई गठबन्धन दलहरूले सहयोग गर्ने सहमति भएको नेपाली कांग्रेस मुगुका उपसभापति हरिजंग शाहीले जानकारी गराए । 

यस्तै छायाँनाथ रारामा उपप्रमुख, खत्याडमा अध्यक्ष र मुगुम कार्मारोङ्गमा उपाध्यक्ष माओवादीले र सोरुको अध्यक्षमा समाजवादीले उम्मेदवार उठाउने सहमति भएको छ ।

वडा सङ्ख्या मात्र सहमति भएकाले जिल्ला भरी कुन कुन वडा कुन पाटीले लिने र कति सदस्य कसले लिने बारे आइतबार १० बजेसम्म सहमति गरेर उम्मेदवार समेत टुङ्गो लगाउने र उम्मेदवारको उम्मेदवारी दर्ता गठबन्धनका दलहरूले सोमवार गर्ने पनि कांग्रेस उपसभापति शाहीले बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ