arrow

महाकाली नगरपालिकाका मेयर भट्टद्वारा राजीनामा, पुनः मेयरमा लड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
hamsaraj-bhatta.PNG

दार्चुला । महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार पत्रकार सम्मेलन गर्दै नगर उपप्रमुख सुना बोहरा समक्ष राजीनामा बुझाएका हुन् ।

भट्ट २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट नगरप्रमुखमा निर्वाचित भएका थिए । स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन चाहने जनप्रतिनिधीहरुले राजीनामा दिनुपर्ने प्रावधान अनुसार मेयर भट्टले राजीनामा दिएका हुन् ।

राजीनामा बुझाउँदै उनले पुनः महाकाली नगरपालिका प्रमुखको उम्मेदवार रहेकाले सम्पूर्ण मतदातालाई नगरको विकासको निरन्तरताका लागि मत दिई विजयी गराउन आग्रह गरे । 

साथै कांग्रेसले भोलि दिउँसो १ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ