arrow

धनगढी उपमहानगर : बाजागाजा सहित मेयरमा हमालले गराए उम्मेदवारी दर्ता

logo
सुनील आउजी,
प्रकाशित २०७९ वैशाख ११ आइतबार
gopal-hamal.PNG

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार गोपाल हमालले उम्मेदवारी दर्ता गराएका छन्। आज उम्मेदवारी दर्ताको पहिलो दिन स्वतन्त्र उम्मेदवार हमालले समर्थकसहित धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

धनगढी चौराहबाट बाजागाजा सहितको र्‍याली मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो। र्‍यालीमा उनका समर्थकले उनका पक्षमा नाराबाजी गरेका थिए।

२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि हमाल धनगढी उपमहानगरको मेयरमा निर्वाचन लडेर पराजित भएका थिए। उनी नेपाली कांग्रेसका नृप वडसँग पराजित भएका थिए। यस पटक पनि हमाल नेपाली कांग्रेसका मेयरका उम्मेदवार नृप वडसँगै प्रतिस्पर्धा गर्दै छन्।

कांग्रेस लगायत अन्य दलले भने भोलि मात्र उम्मेदवारी दर्ता गराउने भएका छन्। हमालसँगै गठबन्धन दलबाट कांग्रेसका नृप वड र एमालेका रणबहादुर चन्द मेयरमा निर्वाचन लडदैछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ