arrow

धनगढीको मेयर-उपमेयरमा गठबन्धनका उम्मेदवारले गराए उम्मेवारी दर्ता

logo
सुनिल आउजि,
प्रकाशित २०७९ वैशाख १२ सोमबार
dhangadi-mayour.PNG

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारले  मनोनयन दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका नृप वड र उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन ।

 गठबन्धनको धनगढी चाैराहबाट संयुक्त र्‍याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयर उपमेयरका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । धनगढीमा केन्द्रको सहमति अनुसार कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर पाएको हो ।

  १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकामा वडामा भने गठबन्धन गरिएने छैन । वडामा सबै दलले आ आफ्ना उम्मेदवार खडा गरेर उम्मेदवारी दर्ता गराइरहेका छन् ।

 आजै एमालेले पनि मेयर उपमेयर सहित सबै वडाका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका गोपाल हमालले भने आइतबार नै उम्मेदवारी दर्ता गराइसकेका  छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ