arrow

गठबन्धन विपरीत उम्मेदवारी दिनेलाई कारबाही

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
five-partise=2079-election.jpg

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका जिल्लामा सहमति विपरीत उम्मेदवारी दिनेलाई कारबाही गर्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । सहमतिमा पालिकाको भागबण्डा भएका कर्णालीका आठ जिल्लामा गठबन्धनका उम्मेदवारविरुद्ध लाग्ने नेता तथा कार्यकर्तालाई गठबन्धनभित्रका दलहरूले अनुशासनको कारबाही गर्ने भएका हुन् ।

नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजङग शाहीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसबारेमा गठबन्धनले विज्ञप्तिसमेत जारी गरी जानकारी गराएको छ । 

सहमति अनुसार आठ जिल्लाका पालिकामध्ये नेकपा माओवादी केन्द्रले २५ पालिकामा प्रमुख र २६मा उपप्रमुख लिने भएको छ । कांग्रेसले २५मा प्रमुख र २३मा उपप्रमुख पाएको छ भने समाजवादीले १३ पालिकामा प्रमुख र १६मा उपप्रमुख पाएको छ ।

सहमति नभएको रुकुम र सुर्खेतका सन्दर्भमा भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समयसम्म पनि सहमतिको प्रयास जारी राख्ने गठबन्धनले विज्ञप्तिमार्फत जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ