arrow

चुमनुव्री गाउँपालिकामा वडाध्यक्षसहित ९ पदमा एकल उम्मेदवारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
278780306_944210236229049_608235013051951454_n.jpg.jpg

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा वडाध्यक्षसहित नौ पदमा एकल उम्मेदवारी परेको छ । नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ६ का वडा अध्यक्ष सरोज लामा, सदस्यहरू सोनाम लामा, डोल्मा लामा, ठिमे ग्याम्जो लामाको एकल उम्मेदवारी परेको निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।   

चुमनुव्री गाउँपालिका वडा नम्बर १ को सदस्य पदमा कांग्रेसबाट कर्म सन्डुप लामा, माओवादीबाट डेजेन डोल्मा, एमालेबाट पासाङ लामाको मात्र मनोनयन परेको छ ।

वडा नम्बर २ मा माओवादीको तर्फबाट लाक्पा डिकीको सदस्यमा एकल मनोनयन परेको छ । वडा नम्बर ५ को महिला सदस्यमा सोनाम साङ्गोको मनोनयन परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ