arrow

हुम्लामा मतपत्र पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
local-level-election-12345.jpg

सिमकोट । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई आवश्यक मतपत्रलगायत निर्वाचन सामग्री आज जिल्लामा आइपुगेको छ । 

दुई दिन लगाएर नेपालगञ्जबाट ३८ हजार मतपत्रलगायत ५८ प्रकारका मतदान केन्द्रमा आवश्यक पर्ने निर्वाचन सामग्री जिल्लामा आइपुगेको जनाइएको छ । मतपेटीकासमेत जिल्लामा पुगेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ । 
   
जिल्लामा मतपत्रलगायतका सामग्री पुगेसँगै केही दिनमा सुरक्षित साथ आवश्यक स्थानमा पठाइने भएको छ । ५४ मतदान केन्द्रका लागि उक्त सामग्री जिल्लामा पुगेको हो । 

जिल्लाको सातवटै गाउँपालिकाको मतदाता सङ्ख्या ३२ हजार ५८१ रहेको छ । महिला १५ हजार ६०७ र पुरुष १६ हजार ९७४ रहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ