arrow

को हुन् बेलबारीको मेयर पदका उम्मेदवार महेन्द्र सुवेदी ?

logo
विवेक मिश्र,
प्रकाशित २०७९ वैशाख १९ सोमबार
ram-subedi.PNG

मोरङ । वि.स. २०४७ साल देखी नेपाली कांग्रेस बेलबारीको सक्रिय राजनीतिमा छाएका महेन्द्र सुवेदी उमेरले झण्डै ६ दशक पार गरिसकेका परिपक्व व्यक्ति हुन् । बेलबारी हरेक राजनैतिक सामाजिक कार्यमा सक्रिय सुवेदी यस पटकको स्थानीय निर्वाचनमा मोरङको बेलबारी नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदको उम्मेदवार रहेका छन् ।

तत्कालीन बेलबारी गाविसको वडा नम्बर एकमा नेपाली काँग्रेसका वडा सभापति हुँदै, गाउँ कमिटी सचिव भएका सुवेदी हाल निरन्तर तेस्रो पटक महासमिति सदस्य हुन् । बेलबारी साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कुशलतापूर्वक नेतृत्व गरिसकेका उनी भानु मेमोरीयल शैक्षिक गुठीको संस्थापक गुठी प्रमुख हुन् र सो विद्यालयको पटक पटक सञ्चालक समिति अध्यक्ष समेत हुन् सुवेदी । 

केही वर्ष शिक्षण पेशा समेत सम्हालेका सुवेदीले बेलबारी बजारमा रहेको श्री भगवती माध्यमिक विद्यालयमा अध्यापन समेत गरेका थिए । स्वच्छ छवि, पारदर्शी व्यवहारकै कारण महेन्द्र सुवेदी स्थानीय स्तरमा लोकप्रिय मानिन्छन् । बेलबारीका दर्जनौँ सङ्घ संस्थामा नेतृत्व गरिसकेका सुवेदी सबैलाई रिझाएर राख्न अब्बल छन् । 

 बेलबारीको समग्र विकासको लागी महेन्द्र सुवेदी , नगरवासीको पहुँचमा मेयर, २४ सै घण्टा जनतासँगै मेयर, भ्रष्टाचार मुक्त अभियानमा नेपाली कांग्रेस लगायतका लोकप्रिय नारा सहित मेयर पदका उम्मेदवार महेन्द्र सुवेदी नगरवासीको घरदैलोमा भोट भाग्न व्यस्त छन् । उम्मेदवार सुवेदीलाई पार्टी भित्रका सबै नेता कार्यकर्ताको पूर्ण साथ र सहयोग रहेको उनी बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ