arrow

तिलोत्तमाका प्रमुख घिमिरेले नियम विपरीत लिए पौने तीन लाख 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
Basudev sir (1).jpg

बुटवल । नगरप्रमुखमा निर्वाचित भएपछि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले २ लाख ८४ हजार रुपैयाँ लिएको खुलासा भएको छ । उनले निर्वाचनका समयमै कुनै पनि सरकारी तलब भत्ता नलिने घोषणा गरेका थिए । 

वैदेशिक भ्रमणका नाममा घिमिरेले चीन जाँदा २ लाख ८४ हजार ७ सय रुपैयाँ लिएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । 

उपप्रमुख रहेकी जागेश्वरी देवी चौधरीले चीन जाँदा १ लाख ९ सय ७३ रुपैयाँ लिएको खुलेको छ । 

महालेखाले २०१९ अगस्त ३१ मा भएको भ्रमण भएपनि सो मितिमा चीन नगएको देखिएको जनाएको छ । 

यी दुई जनाले नेपाल सरकारबाट भ्रमणको स्वीकृति लिनुपर्ने भएपनि भ्रमण स्वीकृति र भ्रमण मिति फरक परेकाले नियमसंगत नभएको महालेखाको ठहर रहेको छ । 

महालेखाले ३ लाख ८५ हजार ६ सय ७३ रुपैयाँ खर्च भएपनि विधिसम्मत नभएको जनाएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ