arrow

सुदूरपश्चिममा कांग्रेस र एमालेका शीर्ष नेता चुनावी दौडधुपमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
sudurpachhim-pradesh.jpg

सुदूरपश्चिम । स्थानीय तहको निर्वाचन आउन थोरै दिन बाँकी रहँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरूको दौडधुप बढ्न थालेको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । 

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न लागेको सो पार्टीका नेता एवं प्रतिनिधिसभाका सदस्य नारद मुनी रानाले जानकारी दिए । कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा एमालेद्वारा आयोजना गरिने चुनावी सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजू राणा देउवा कैलालीको लम्कीचुहा, टीकापुर र गोदावरी नगरपालिकालगायतका क्षेत्रमा सत्ता साझेदार दलद्वारा आयोजित छुट्टाछुट्टै चुनावी सभामा सहभागी भई बुधबार डडेल्धुरा पुगेकी छन् । कैलालीका १३ पालिकाका प्रमुख–उप्रमुखमा सत्ता साझेदार कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले चुनावी तालमेल गरेका छन् ।

वडा तहका प्रत्याशीको हकमा भने यी दलबीच तालमेल हुन सकेको छैन । एमालेलगायतका दलले भने एकलरूपमा उम्मेदवारी दिएका छन् । पालिका तहको प्रमुख उपप्रमुखमा गरिएको तालमेलप्रति असहमति राख्दै कतिपय तहमा कांग्रेस, माओवादीका  कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ