arrow

‘रेणुजस्तो काम गर्ने मान्छे भरतपुरको मेयर नभए अरु को हुन्छ त ?’ – देउवा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
sherbd.jpg

चितवन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यो गठबन्धन भएपछि नै आफू प्रधानमन्त्री बनेको बताएका छन् । गठबन्धनकाप्रति मेचीदेखि महाकालीका जनताको भरोसा रहेरै आफू ८२ प्रतिशत जनताको मतले आफू पार्टी सभापति भएको बताए । 

चितवनको भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने क्रममा देउवाले चितवनमा रेणु दाहालले स्मार्ट सिटी बनाउन खोज्नु सानो कुरा नभएको बताए । उनले अन्तर्राष्ट्रिय क्रिकेट मैदान र अन्तर्राष्ट्रिय सम्मेलन गृह बनाउन खोज्नु सानो नभएकोसमेत बताए । देउवाले चितवनमा अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्ने दाबी गरे । 

उनले ‘रेणुजस्तो काम गर्ने मान्छे भरतपुरको मेयर नभए अरु को हुन्छ त ?’ भनी प्रश्न गरे । उनले गठबन्धन आवश्यक भएको भन्दै पुष्पकमल दाहाल प्रचण्ड सजिलो भएकोसमेत बताए । 

उनले गठबन्धन तोड्ने ठूलो षडयन्त्र हुँदै गएको भन्दै भरतपुरबाटै गठबन्धन तोड्ने शुरुआत हुन सक्ने बताए । उनले राम्रो काम गर्ने मान्छेलाई जिताउनु भरतपुरवासीको दायित्व भएकोसमेत बताए । 

रेणुले जितिसकेको भन्दै आफ्नो पार्टीले कुनै बखेडा गर्नुपर्ने आवश्यक नभएको पनि देउवाले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ