arrow

देउवा भन्छन्- राजधानीमै महिलालाई हरायो भने दुनियाँले के भन्ला ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
deuba.PNG

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई जिताउन आग्रह गरेका छन् ।  

शुक्रवार सत्तागठबन्धनले शान्तिबाटिकामा आयोजना गरेको चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।

यस्तै उनले चितवनको भरतपुर महानगरको मेयरमा रेणु दाहाललाई जिताउन समेत आग्रह गरेका छन् ।

सभामा बोल्दै प्रधानमन्त्री देउवाले भने, ‘भरतपुरमा रेणु र काठमाडौंमा सिर्जनालाई अत्यधिक बहुमतले जिताऔँ, राजधानीमै महिलालाई हरायो भने दुनियाँले के भन्लान्?’

यस्तै प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकामा फोहरको समस्या रहेको भन्दै यसलाई ६ महिनाभित्र व्यवस्थापन गर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले चुनावी गठबन्धन बलियो बनाउने पर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ