arrow

नागेशले भ्रष्टाचार शून्य पालिका बनाउने डिलाको मत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
dilla-sangroula1.jpg

मोरङ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले विकासको संवाहक पार्टीलाई स्थानीय तह निर्वाचनमा विजय गराउनुपर्ने बताएकी छन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिका–११ स्थित रासस चोकमा आज आयोजित कोणसभामा उनले रोजगारी सिर्जना, सुकुम्बासीमुक्त र  बाढीमुक्त सहर निर्माण गर्ने विश्वास दिलाइन् । 

महानगरका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले भ्रष्टाचार शून्य पालिका, सफा, सुन्दर सहर र दोस्रो ठूलो पालिका बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

विराटनगनर–११ वडा अध्यक्षका उम्मेदवार रामशुन्दर राजवंशीले कालोपत्र सडक, स्वच्छ खानेपानी, व्यवस्थित ढलको व्यवस्था गर्ने बताइन् । केन्द्रीय सदस्य सङ्ग्रौला, प्रमुख उम्मेदवार कोइरालासहितको एक जुलुसले वडाका विभिन्न क्षेत्रका परिक्रमासभामा परिणत भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ