arrow

प्रधानमन्त्री देउवाको अड्कलः एमालेले जिते स्थानीय तह भङ्ग हुन सक्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
279807506_709942166909557_7281257030859761868_n.jpg.jpg

धनगढी । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भङ्ग हुन सक्ने बताएका छन् । 

धनगढीमा सोमबार आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेको एमालेले स्थानीय तहमा जिते स्थानीय तह नै विघटन गर्न सक्ने बताए । 

‘संसद विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्न सक्छ,’ देउवाले भने, ‘संसद विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद नै विघटन गर्न सक्छ ।’ 

३० बैशाखमा देशभर स्थानीय तह निर्वाचन हुँदैछ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तहमा गठबन्धन भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ