arrow

डेढ दशकदेखि खानेपानीको साधारण सभा गर्न नसकेका गुरागाँई मेयरका उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
kedar-guragai-morang-uml.jpg

मोरङ ।  स्थापनाकालदेखि १५ वर्षसमम्म साधारण सभा र अधिवेशन हुन नसकेपछि इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई नगर विकास कोष काठमाडौंले लेखापरीक्षण गरी यथासक्य चाँडो साधारण सभा गर्न निर्देशन नै दिएको थियो । तर पहुँचको आडमा संस्थालाई लथालिङ्ग बनाएका संथाका अध्यक्ष केदार गुरागाई मेयरको उम्मेदवार बनेपछि स्थानीय अचम्ममा परेका छन् । 

मोरङको सुन्दरहरैचा नगरपालिकामा फेरि यस पटक पनि नेकपा एमालेको तर्फबाट गुरागाँई मेयर पदको उम्मेदवार बनेका हुन् । गत २०७४ सालको निर्वाचनमा पनि एमालेबाट उनै केदार गुरागाँई र नेपाली कांग्रेसबाट शिवप्रसाद ढकालबीच चुनावी प्रतिस्पर्धा भएको थियो । 

उक्त निर्वाचनमा ढकाल निर्वाचित भएका थिए । सुन्दरहरैचा १० स्थित रहेको उक्त खानेपानी संस्थालाई नगर विकास कोष काठमाडौंले गत सालको चैत २४ गते पत्र पठाउँदै स्थापनाकालदेखि हालसम्म साधारण सभा र अधिवेशन हुन नसकेको अवस्थामा कोषको ध्यानाकर्षण भएको जनाएको छ । 

पत्रमा पटकपटक लेखापरीक्षण र साधारण सभा गर्न पत्राचार गर्दा पनि बेवास्ता गर्नुको कारणसमेत उल्लेख गर्न भनिएको छ । २०६२ सालमा स्थानीय उपभोक्ताले कूल लागतको ५ प्रतिशत रकम जम्मा गरेर इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्त संस्था गठन गरेका थिए ।

तर त्यसयता न त संस्थाको लेखापरीक्षण भएको छ न त साधारण सभा नै भएको छ । तर संस्थाका अध्यक्ष केदार गुरागाँईले हरेक आर्थिक वर्षमा लेखापरीक्षण गरिएको दाबी गर्छन् । साधारण सभा गर्न भने नसकिएको उनले स्वीकारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ