arrow

लोकतन्त्र र संविधान बचाउन गठबन्धन – सचेतक क्षेत्री

logo
हाम्राकुरा,
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
280114618_692773085290246_2527429648406076061_n.jpg

रुपन्देही । गठबन्धनको आवश्यकता लोकतन्त्र बचाउन र संविधानको रक्षा गर्नको लागि भएको नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेश नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले बताएकी छिन् । 

नेपाली कांग्रेसको छत्रदेव गाउँपालिका वडा नम्बर ८ मा मंगलवार नेपाली कांँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सचेतक क्षेत्रीले यस्तो बताएकी हुन् ।

उनले भनिन्, आमजनताको त्याग र बलिदानीले निर्माण गरिएको संविधानलाई नेकपा एमालेले दुर्घटना तर्फ लैजाने क्रममा अप्ठ्यारो स्थिति वाट देशलाई बचाउनका लागि गठबन्धन गरिएको र जसले बचाउन सफल भएको बताएकी बताइन् ।

सचेतक क्षेत्रीले जनताको विश्वासलाई बिच बाटोमा छोडेर संविधानको मर्मलाई कुल्चने नेकपा एमालेलाई जनता सँग भोट माग्ने अधिकार नभएको समेत जिकिर गरिन् ।

आसन्न वैशाख ३० गते हुने चुनावमा पैसाले भोट किन्न खोज्नेहरू माथि आमजनता सचेत हुनुपर्नेमा जोड दिइन् । क्षेत्रीले अर्घाखाँचीको छत्रदेव गाउँपालिका लगायत अन्य सबै पालिकाहरूमा गठबन्धनको जित सुनिश्चित रहेको ठोकुवा समेत गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ