arrow

उम्मेदवारको निधन भएपछि आज पुनः मनोनयन, ३ जेठमा मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
local-level-election-2079.jpg

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका १७ मा वडाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

बिहीबार साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए ।

तुलसीपुर १७ वडाध्यक्षका लागि ३ जेठमा  मतदान हुनेछ । अन्य क्षेत्रका लागि मंगलबार मध्यरातिदेखि मौन अवधि शुरु भइसकेको छ । तर तुलसीपुर १७ का हकमा ३१ बैशाखदेखि मौन अवधि शुरु हुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ