arrow

इलामको जमुनामा राति पैसा बाँड्न पुगेका उम्मेदवार सशस्त्रको नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
new-money.jpg

इलाम । नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । उक्त गाउँपालिका-५ को जमुनामा बुधबार राति पैसा बाँड्न पुगेका उम्मेदवार राईलाई नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ थियो ।

उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ । मौन अवधिमा दुबैजनालाई प्रचार-प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला गर्दै खेदाउन खोजेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि  सुरक्षाका लागि राखिएको बताए ।

 मौनअवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसा लगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका थिए । आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरुले माग गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ