arrow

११ वर्षपछि कोपा इटालियाको उपाधि इन्टरलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
copa-italia-inter.jpg

काठमाडौं । इटालियन क्लब इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । सिरि ए को दोस्रो स्थानमा रहेको इन्टरले फाइनलमा युभेन्ट्सलाई पराजित गर्दै उपाधि जितेको हो । अतिरिक्त समयमा ४–२ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।

रोमान्चक खेलको छैटौं मिनेटमा निकोला बरेलाले गोल गर्दै इन्टरलाई शुरुआती अग्रता दिलाएका थिए । तर ५० औं मिनेटमा एलेक्स सान्ड्रोले गोल गर्दै युभेन्ट्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ५२ औं मिनेटमा डुसन भाल्होभिचले गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । खेलको ८० औं मिनेटमा हाकनले पेनाल्टीबाट गोल गर्दै इन्टरलाई २–२ गोलको बराबरीमा ल्याए ।

खेलको निर्धारित समय २(२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इन्टरका इभान पेरिसिच चम्किए ।

खेलको ९९ औं मिनेटमा इभानले पेनाल्टीमार्फत गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । १०२ औं मिनेटमा इभानले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ४–२ ले जिताए । 

इन्टरले ११ वर्षपछि पहिलो पटक कोपा इटालिया जितेको हो । यसअघि सन् २०११ मा उपाधि जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ