arrow

जोजे मौरिन्होको अबको यात्रा इटालियन सिरि ए बाट 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
maurinho.jpg
तस्वीर–फाइल ।

काठमाडौं । विश्वकै स्टाइलिष्ट प्रशिक्षक जोजे मौरिन्हो इटालियन क्लब एएस रोमामा आवद्ध भएका छन् । पोर्चुगिच मौरिन्होलाई रोमाले मंगलबार मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

५८ वर्षे मोरिन्होले रोमासँग तीन वर्षको सम्झौता गरेका छन् । रोमाले पाउलो फोन्सेकाको स्थानमा मोरिन्होलाई मुख्य प्रशिक्षक चयन गरेको हो ।

गत अप्रिल १९ मा प्रिमियर लिग क्लब टोटनह्याम हट्सपरबाट उनी बर्खास्तीमा परेका थिए ।

मोरिन्होले नयाँ सिजनबाट रोमा सम्हाल्ने छन् । अब मात्र यो सिजनका चार खेल खेल्न बाँकी रहेको छ । अहिले रोमा ३४ खेलबाट ५५ अंकसहित सातौं स्थानमा रहेको छ । 

यो स्थान पनि निश्चिन्त गर्न सकेको छैन । इटालियन सिरि ए को उपाधि भने चार खेलअघि नै इन्टर मिलानले जितिसकेको छ । 
विचलनमा मौरिन्हो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ