arrow

युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
juventis-copa-italia.jpg

काठमाडौं । इटालियन सिरि ए क्लब युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा लाजियोलाई १–० गोल अन्तरले हराउँदै युभेन्ट्स अन्तिम चारमा पुगेको हो ।

युभेन्ट्सको जितमा ग्लिसन ब्रेमेरले निर्णायक गोल गरे ।  खेलको ४४ औं मिनेटमा ब्रेमेरले गोल गरेका थिए । 

अब सेमिफाइनलमा युभेन्ट्सले इन्टर मिलानको सामना गर्नेछ । इन्टरले एटलान्टालाई हराएर सेमिफाइनलमा ठाउँ बनाएको हो । 

अर्को सेमिफाइनलमा फियोरेन्टिना र क्रिमोनेस खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ