arrow

तेत्तीस वर्षपछि इटालियन सिरि एको उपाधि नापोलीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
italian-seriea-napoli-2023.jpg

काठमाडौं । इटालियन सिरि ए फुटबलको उपाधि नापोलीले जितेको छ । बिहीबार राति उडिनेजसँग १–१ गोलको बराबरी खेल्दै नापोलीले उपाधि जितेको हो ।

खेलको १३ औं मिनेटमा सान्डी लोभ्रिचले गोल गर्दै उडीनेजलाई अग्रता दिलाएका थिए । तर ५२ औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै नापोलीलाई उपाधि दिलाउन पर्याप्त रह्यो ।

नापोली ३३ खेलमा ८० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

नापोली शीर्ष स्थानमा १६ अंकले अघि रहेको छ । दोस्रो स्थानको लाजियोको ३३ खेलबाट ६४ अंक मात्रै छ । 

नापोलीले पाँच खेलअघि नै उपाधि जितेको हो । 

नापोलीले ३३ वर्षपछि सिरि ए लिगको उपाधि जितेको हो ।

यसअघि नापोलीले सन् १९९० मा सिरि ए उपाधि जितेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ