arrow

युरोपा कन्फरेन्स लिगको उपाधि रोमालाई, मौरिन्होले राखे कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
joje-maurinho.jpg

काठमाडौं । इटालियन क्लब रोमाले युरोपा कन्फरेन्स लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा डच क्लब फिएनुर्ड एफसीलाई १–० ले हराउँदै रोमा च्याम्पियन बनेको हो ।

रोमालाई जित दिलाउन निकोलो जानिलोले निर्णायक गोल गरे । निकोलोले खेलको ३२ औं मिनेटमा गोल गरेका हुन् ।

रामोले युरोपको प्रमुख प्रतियोगिता जितेको यो पहिलो पटक हो । सन् १९८४ को युरोपियन कप फाइनलमा पराजित भएको रोमाले त्यसको सात वर्षपछि सम्पन्न युइएफए कप पनि गुमाएको थियो ।

रोमाले त्यसपछि युरोपका कुनै पनि प्रमुख प्रतियोगिताको उपाधि जित्न सकेको थिएन । यद्यपि रोमाले सन् २००८ मा कोपा इटालियाको उपाधि जितेको थियो । 

एसिएल इन्जुरीका कारण २०२०–२१ सिजन अधिकांश मैदानबाहिर बिताएका जानिलोले ३२औं मिनेटमा गरेको गोल रोमाको जितका लागि पर्याप्त बन्यो । 

दास्रो हाफ शुरु भए लगत्तै फेनोर्डले तीन मिनेटको अन्तरमा दुई पटक गोलको अवसर पाए पनि दुवै पटक पोस्ट बाधक बनेको थियो ।

यससँगै रोमाका प्रशिक्षक होजे र्माैरिन्होले रोमालाई पहिलो मुख्य युरोपियन ट्रफी दिलाएका छन् । मौरिन्हो चार भिन्न क्लबबाट युरोपका प्रमुख उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । उनले पोर्टोबाट च्याम्पियन्स लिग र युइएफए कप, इन्टर मिलानबाट च्यापियन्स लिग र म्यानचेस्टर युनाइटेडबाट युरोपा लिग जितेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ