arrow

रोनाल्डो निराश, युभेन्ट्स घरमै पराजित

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
ronaldo70.jpg

काठमाडौं । इटालियन सिरी ए फुटबलमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्स उपाधि होडबाट टाढिँदै गएको छ । युभेन्ट्स घरेलु मैदानमै बेनेभेन्टोसँग १–० गोल अन्तरले पराजित भएको छ । 

बेनेभेन्टोलाई जित दिलाउन एडोल्फो गाइचले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६९ औं मिनेटमा एडोल्फोले निर्णायक गोल गरेका हुन् ।

फुटबलका वर्तमान सदावहार प्रतिद्धन्द्धी लियोनल मेस्सीले आइतबार रेकर्ड बनाउँदा भने क्रिष्टियानो रोनाल्डोले घरेलु मैदानमै युभेन्ट्सलाई जिताउन सकेनन् । 

आइतबार रातिका अन्य खेलको नतिजा
भेरोना ०–२ एटलान्टा
साम्पोर्दिया १–० टोरिनो 
युडिनेस ०–१ लाजिओ
फियोरेन्टिना २–३ एसी मिलान
एएस रोमा ०–२ नापोली

अंक तालिका 
शीर्ष स्थानको इन्टरमिलानको २७ खेलबाट ६५ अंक छ । एसी मिलान २८ खेलबाट ५९ अंकसहित दोस्रो स्थानमा छ । पराजित भएसँगै युभेन्ट्स २७ खेलमा ५५ अंकसहित तेस्रो स्थानमा छ ।  काग्लियारी, पार्मा र क्रोटोन रेलिगेशन क्षेत्रमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ