arrow

रोनाल्डोले पेलेको रेकर्ड तोडे, दिए बधाई 

logo
प्रकाशित २०७७ चैत २ सोमबार
ronaldo69.jpg

काठमाडौं । पोर्चुगिच फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले सदाबहार फुटबल लिजेन्ड ब्राजिलियन पेलेको रेकर्ड तोडेका छन् । इटालियन सिरि ए फुटबलमा युभेन्ट्सलाई जिताउने क्रममा ह्याट्रिक गरेका रोनाल्डोले पेलेको रेकर्ड तोडेका हुन् । 

आइतबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । काग्लियारी विरुद्धको यस ह्याट्रिकसँगै रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बनाएका हुन् ।

रोनाल्डोले आधिकारिक खेलमा ७७० गोल पूरा  गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७६७ गोल रहेको छ ।

आफ्नो रेकर्ड तोडिएपछि पेलेले रोनाल्डोलाई बधाईसमेत दिएका छन् ।

लिगका अन्य खेलको नतिजा
बोलोग्ना ३–१ साम्पोर्दिया
पार्मा २–० एएस रोमा
टोरिनो १–२ इन्टर मिलान
एसी मिलान ०–१ नापोली

अंक तालिका
इन्टर मिलान २७ खेलबाट ६५ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको एसी मिलानको २७ खेलबाटै ५६ अंक छ । युभेन्टस २६ खेलबाट ५५ अंकसहित तेस्रो स्थानमा छ । 
यस जितसँगै युभेन्ट्सले २६ खेलमा ५५ अंक जोडेको छ । युभेन्ट्स लिगको तेस्रो स्थानमा रहेको छ ।

काग्लियारी २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ