arrow

इटालियन सिरि एमा १४ औँ चरणका खेल सकिए, इन्टर अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
inter-napoli-2023.jpg

काठमाडौँ । इटालियन सिरि ए फुटबलमा १४ औँ चरणका खेल सकिएका छन् । यो शनिबार भएका खेलमा युभेन्टस र लाजिओ विजयी भएका छन् । 
युभेन्टसले मोन्जालाई २–१ हरायो । लाजिओले काग्लिआरीलाई १–० ले हरायो । गिओना र इम्पालीले १–१ गोलको बराबरी खेलेका छन् । 

त्यस्तै आइतबार राति भएका खेलमा एसी मिलान, फियोरेन्टिना, रोमा विजयी भए । एसी मिलानले फ्रोसिओनेलाई ३–१ ले हरायो । 

लिसले बोलोग्नासँग १–१ गोलको बराबरी खेल्यो । फिओरेन्टिनाले सालेमिटानालाई ३–० ले हरायो । हाकान काल्हानोग्लू, निकोलो बारेल्ला र मार्कस थुरामले १–१ गोल गरे । 

अंक तालिका 
१४ औँ चरणका खेल सकिँदा इन्टर ३५ अंकसहित शीर्ष स्थानमा रहेको छ । युभेन्टस ३३ अंकसहित दोस्रो स्थानमा रहेको छ । एसी मिलान २९ अंकसहित तेस्रो स्थानमा छ । 

रोमा र नापोलीको समान २४ अंक छ । फियोरेन्टिना २३ अंकसहित छैटौँ स्थानमा छ । 

भेरोना, काग्लियारी र सालेमिताना रेलिगेशन क्षेत्रमा रहेका छन् । 

युडिनेसले भेरोनासँग ३–३ गोलको बराबरी गर्यो । रोमाले सासोउलोलाई २–१ ले हरायो । 

त्यस्तै आज बिहान भएको खेलमा इन्टरले नापोलीलाई उसकै मैदानमा ३–० ले हरायो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ